२४ बैशाख २०७८, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरस संक्रमित शाह दम्पतीसँगै छोरी प्रेरणा पनि नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजाका सचिवालय स्रोतले जनाएको छ ।

यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने जटिल नरहेको बताइएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर गत आइतबार स्वादेश फर्किएका पूर्वराजा शाह दम्पतीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x