२४ बैशाख २०७८, शुक्रबार

ओलीलाई साथ दिन सक्दिन भन्दै बालुवाटार डिनर मिटिङबाट बाहिरिए गौतम

काठमाडौं, १० वैशाख । झण्डै झण्डै विभाजनको नजिक पुगेको सत्तारुढ दल नेकपा एमालेमा सकारात्मक परिणाम नआए पनि नेताहरुबीच वार्ताको क्रम चलिरहेको छ ।

पार्टी भित्रको किचलो समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच दुई चरणको भेटवार्ता भैसकेको छ ।

नेता नेपालसंग दोस्रो चरणको वार्ता भए लगत्तै अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमबीच डिनर मिटिङ सम्पन्न भएको छ ।

मिटिङमा गौतमले अध्यक्ष ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।

गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् ।

गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।

तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए । तर ओलीले गौतमको अनुरोधलाई ठाडै नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।

0
Would love your thoughts, please comment.x
()
x