Sunday, September 19, 2021
spot_img

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौं, १० वैशाख । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

आज विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यसअघि बैशाख ६ गतेको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै नेताहरुले बुझाएका स्पष्टीकरण जवाफमाथि आजको बैठकमा छलफल हुनेछ । थप कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय पनि आजकै बैठकले गर्ने छ ।

आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार