Sunday, September 19, 2021
spot_img

कोरोना संक्रमितको संख्या बढ्दै, थप ५ जनाको मृत्यु

काठमाडौँ, ९ वैशाख । पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । यो संगै हाल सम्म कोरोना जित्नेको संख्या २ लाख ७६ हजार ३ सय ४५ जना पुगेको छ । कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ । 

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार