Sunday, September 19, 2021
spot_img

माधव नेपालसहित चार नेताको रिट सर्वोच्चमा दर्ता, आइतबार सुनुवाइ

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले पार्टी अध्यक्ष तथा केपी शर्मा ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट दर्ता भएको छ ।

अध्यक्ष ओलीले गरेको सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको छ ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको रिटमा उल्लेख छ ।

नेपाल समूहका नेताहरुले रिटमा भनेका छन्, ‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार