२४ बैशाख २०७८, शुक्रबार

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं, ९ वैशाख । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको थियो ।

दिनभर ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

0
Would love your thoughts, please comment.x
()
x