२४ बैशाख २०७८, शुक्रबार

अध्यक्ष ओली र नेता नेपालको आज पनि भेटवार्ता हुँदै

काठमाडौं, ९ वैशाख ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि अहिले भेटवार्ता हुन लागेको हो ।

0
Would love your thoughts, please comment.x
()
x