२४ बैशाख २०७८, शुक्रबार

पार्टीमा अब अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ :ओली

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय शिलान्यास गर्दै उनले आफूलाई कुनै बेला सिध्याउने गरी कारबाही गरेको स्मरण गर्दै यस्तो बताएका हुन् ।

वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई अझै पार्टीमा फर्किने अवसर रहेको ओलीको भनाइ थियो । उनले भने,“अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ । यसलाई कमजोरी नठानियोस् ।”

ओलीले नेपाल पक्षको गुटगत सौदाबाजी भने सहन नसकिने बताए । यस्तो खालको सम्झौता हुन नसक्ने उनको भनाइ थियो ।

“अहिले पनि सम्झाउने काम जारी छ । तर पार्टीमा अब अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग सम्झौता गर्न सक्दैनौँ,” उनले भने, “व्यक्तिगत तवरमा सम्झाउने र जिम्मेवारी दिन्छु, गुटको भागबन्डा अब हुँदैन । त्यस्तो भने पार्टी खोक्रो भित्रभित्रै हुन्छ । गल्ती महशुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छ भने दिन्छौँ । गुटको प्रतिनिधित्व गर्न खोज्यो त्यो मान्य हुँदैन ।”

0
Would love your thoughts, please comment.x
()
x