२४ बैशाख २०७८, शुक्रबार

एकैदिन थपिए साढे तेईस सय कोरोना संक्रमित

काठमाडौं, ८ वैशाख ।  पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जना कोरोना भाइरस (कोभिड—१९)का संक्रमित थपिएका छन ।

८ हजार ८ सय ४४ जनाको पिसिआर परिक्षण बाट २ हजार २ सय २० जना र ८ सय ३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा १ सय ३१ जना जनामा संक्रमण देखिएको हो ।

देशभर १० हजार ५ सय ८२ जना संक्रमित संक्रमित रहेका छन । काठमाडौं उपत्यका भित्र भक्तपुरमा ८४ जना, ललितपुरमा १ सय ८१ जना र काठमाडौंमा ७ सय ८६ गरी जम्मा १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई २ सय ८७ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमण मुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x