२४ बैशाख २०७८, शुक्रबार

सीइडीबी हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि खुल्ने

काठमाडौं, ८ वैशाख । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । सीइडीबीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले लमजुङ जिल्लामा दुइै वटा आयोजना सञ्चालन गरिरहेको छ । राधी विद्युतका नाम ४.४० मेगावट र स्यागे खोला इलेक्ट्रिक प्रोजेक्ट नाममा ०.१८ मेगावटको अर्को हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । यता, कम्पनीले संखुवासभाको मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला हाइड्रोइलेक्ट्रिसिटी प्रजोक्ट पनि निर्माण गरिरहेको छ । सीइडीबी हाइड्रोपावर लिमिटेड सन् २००९ मा स्थापना भएको कम्पनी हो । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

0
Would love your thoughts, please comment.x
()
x