२४ बैशाख २०७८, शुक्रबार

६२ रन जोडेर कुशल भुर्तेल आउट

काठमाडौं, ७ वैशाख । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो  विकेटको रुपमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उनी मंगलबार ६२ रन बनाएर आउट भएका हुन् । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हानेका थिए ।

नेपालले यसअघि ओपनर आशिफ शेखलाई शून्य रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई  २० रन जोड्दा गुमाएको थियो । क्रिजमा दीपेन्द्रसिंह ऐरी ४८ रन बनाएर खेलिरहेका छन् र उनलाई साथ दिन कुशल मल्ल आएका छन् ।

0
Would love your thoughts, please comment.x
()
x