२४ बैशाख २०७८, शुक्रबार

भारतमा एकै दिन २ लाख ७५ हजार बढी संक्रमित थपिए

एजेन्सी, ६ वैशाख । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण फैलिने गति झनै तीब्र बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ७५ हजार ३०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या पनि बढेको छ ।

भारतमा पछिल्लो २४ घण्टमा १ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुने तथ्यांकका आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १ हजार ५५३ जनाको मृत्यु भएको छ ।

हालसम्म त्यहाँ ३ लाख ७३ हजार ४४२ पुगेको छ । कुल मृतकको संख्याको आँकडा अनुसार सबैभन्दा अग्रस्थानमा रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ३१० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ६१ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

0
Would love your thoughts, please comment.x
()
x