२४ बैशाख २०७८, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, २८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५सय ३२ पिसिआर परीक्षणका क्रममा थप ३ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५  पुगेको छ । त्यस्तै थप १५१ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ८ सय ८६ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घन्टामा १जना  कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन् ।

हाल २८ सय जना आइसोलेसन र ८४ जना क्वारेन्टिनमा छन् । 

0
Would love your thoughts, please comment.x
()
x