२८ चैत्र २०७७, शनिबार

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

काठमाडौं, २७ चैत । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । केहि दिन देखि लगातार सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस