७ बैशाख २०७८, मंगलवार

नेप्से परिसुचक झिनो अंकले उकालो

काठमाडौं, २६ चैत । साताको अन्तिम कारोबार दिन विहिबार सेयर कारोबार मापक नेप्से परिसुचक झिनो अंकले उकालो लागेको छ ।  नेप्से सूचक २.७४ अंकले वृद्धि भएर २६७४.३५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ५५ करोड भन्दा बढीको कारोबार भएको छ । अल टाइम हाइ रेकर्ड बनाएको बजारले अर्को रफ्तार लिनका लागि केही समय लाग्नु स्वभाविक भएको लगानीकर्ताहरुको भनाई छ ।

वैशाखपछि बजारमा विशेष चहलपहल आउने केही आधारहरु विश्लेषकहरुले दिइरहेका छन् । जसमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउनेछ । धेरैले औसतमा नाफा कमाउने अनुमान गरिएको छ । 
 
६ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । कारोबार रकममा ३६ करोड रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नेपाल बैंक परेका छन् । २०७ कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस