
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
काठमाडौं, २६ चैत । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस