९ बैशाख २०७८, बिहीबार

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

काठमाडौं, २५ चैत । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताएका छन ।

प्रतिक्रिया दिनुहोस