२८ चैत्र २०७७, शनिबार

गण्डकी प्रदेशमा माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, २५ चैत । गण्डकी प्रदेशका दुई माओवादी मन्त्रीले सरकार छाड्ने भएका छन् ।

माओवादी केन्द्रको आज बिहान बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिने भएका हुन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने भएका छन् ।

संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस