२८ चैत्र २०७७, शनिबार

काठमाडौं आजपनि विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

काठमाडौं, २५ चैत । विश्वको वायु प्रदूषित सहर मापन गर्ने आइक्युएयर डट कममा आज पनि काठमाडौं पहिलो स्थानमा परेको छ ।

यसअघि पनि पटक–पटक विश्वको पहिलो प्रदूषित सहरमा परेको काठमाडौं बुधबार बिहान पनि एक नम्बरमा परेको हो ।

आइक्युएयर डट कमका अनुसार काठमाडौंको एक्युआई २८१ रहेको छ । त्यसैगरी दास्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्युआई १७० रहेको छ ।

यस्तै, तेस्रो प्रदूषित सहरको सूचिमा पाकिस्तानको राजधानी लाहोर रहेको छ । जसको एक्युआई १५१ रहेको छ । मुम्बइ, दुबइ, ढाका, कोलकाता, कोरिया, भियतनाम र काबुल क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

काठमाडौंको वायु प्रदूषण हुनुमा भारतको विभिन्न क्षेत्रबाट उडेर आएको धुलो र मुलुकभरि लागेको डढेलो भएको विज्ञहरु बताउँछन् ।

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर समीया आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्यविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस