
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
काठमाडौं, २५ चैत । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस