Sunday, September 19, 2021
spot_img

पत्रकार महासंघ उदयपुरमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

काठमाडौं, २४ चैत । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।

निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिएका छन । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो 

महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राई, यदु ढकाल, प्रेस सेन्टर, उदयपुरका अध्यक्ष तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी र क्रान्तिकारी पत्रकार महासंघका १ नं. प्रदेश संयोजक मधुकर थापा लगायतको टोलीले निर्वाचन समितिका संयोजक काफ्लेको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाउँदै आएका थिए ।

समिति संयोजक नै फेरबदल गर्नु पर्ने माग आएपछि काफ्लेको ठाउँमा कौशल चेम्जोङलाई संयोजक बनाइएको अध्यक्ष खड्काले बताएका छन । ‘उहाँहरुले प्रश्न उठाएपछि मैले निर्वाचन समितिको संयोजक नै फेरिदिएँ, मनोनयन रद्द गर्नुपर्छ भनेपछि त्यो पनि रद्द भयो,’ उनले भने, ‘तर अहिले ताला लगाएर निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै निवेदन हाल्नु भएको छ ।’

यद्यपि अहिले पनि सहमतिको प्रयास जारी रहेको उनले बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार