९ बैशाख २०७८, बिहीबार

कोभिड भन्दा तर्सिने संख्या घट्यो तर संक्रमित संख्या बढ्यो

काठमाडौं । कोरोनाबाट डराउन कम भएदेखि संक्रमितको संख्या बिस्तारै फेरी बढ्ने क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनबिरुद्ध खोप आएर धेरैले त लगाई पनि सकेन र अब दोस्रो चरणमा फेरी थप लाखौ जनताले लगाउने भएकोले आजकल कोभिड भन्दा तर्सिने कम नै छन। तसर्थ आज पनि धेरै मा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएकोछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४११ जनाको पीसीआर परीक्षण भएकोमा ११२ जनालाई संक्रमण पुष्टि भएको हाे।

सोही अवधिमा ८४ संक्रमित कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएकाे छ । आज सक्रिय संक्रमितको संख्या ८८२ रहेकाे छ । 

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ रहेको छ । जसमध्ये २ लाख ७० हजार २२३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएयता २ हजार ७६७ जना संक्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस