९ बैशाख २०७८, बिहीबार

सुनको भाउ अपत्यारिलो रुपले घट्दै

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस