२३ बैशाख २०७८, बिहीबार

प्रधानमन्त्री ज्यू कुन नैतिकताले प्रजातन्त्र दिवश मनाउने ?

बिहानै नेपाल टेलिकमको म्यासेजले निन्द्रा खुल्यो । भनिएको थियो, ७१ औ राष्ट्रिय प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाऔ । घरघरमा दिपावली गरौं । नेपाल टेलिकम, राष्ट्रको सञ्चार । उक्त सन्देशले सोच्न बाध्य गरायो । नेपाली जनतामाथिको राणाहरुद्धारा गरिएको शोषण, दमन र अत्याचारको विरुद्धमा ४ सहिद र नेपाली जनताको संघर्षबाट स्थापना भएको प्रजातन्त्रले ७१ औ वसन्त पार गर्दा प्रजातन्त्रको रक्षा हुन सक्यो कि सकेन ? प्रजातन्त्रको नेतृत्व प्रजातन्त्र र लोकतन्त्र वादीले गरे की तानाशाहले , यसको मर्म र भावना कत्तिको सम्मान गर्न सक्यो भन्ने विषय आजको बहसको विषय बन्नु पर्दछ ।
१०४ वर्षे राणा शासनको अन्त्य गर्दै नागरिकको भावना अनुरुप नागरिक अधिकारको सम्मान गर्दै समतामुलक समाज निर्माण गर्नका महान सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्री, राजा त्रिभुवन, राजनीतिक दल र नागरिक समाजको अथक प्रयासबाट नेपालमा नागरिकहरुले स्वतन्त्रताको स्वास फेर्न पाएका थिए । तर त्यो लामो समयसम्म टिक्न सकेन । २०१७ को राजा महेन्द्रको कू पश्चात नेपाली जनताले प्रजातन्त्र प्राप्तीका लागि झण्डै ३ दशक संघर्ष गर्नु पर्यो र २०४६ मा प्रजातन्त्रको पुर्नस्थापना भयो । त्यसपश्चात राजा ज्ञानेन्द्रको संवैधानिक कू पश्चात २०६२÷६३ को दोसा्रे जनआन्दोलाको सफलता संगै लोकतन्त्र पुर्नबहाली भयो । संसदीय व्यस्था कि राष्ट्रपतिय शासन प्रणली अवलम्बन गर्ने भनी व्यापक छलफल गरी संसदीय व्यवस्थाले सिर्जना गर्न सक्ने राजनीतिक अस्थिरता रोक्न वेस्टमिनिस्टर प्रणालीमा रहेका केही प्रावधानहरु, २ बर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने र प्रधानमन्त्रीलाई निशर्त संसद विघटनको अधिकार नदिने व्यवस्था सहित नेपालको संविधान जारी गरियो । समानुपातिक प्रतिनिधित्व, समावेशीकरणका माध्यमबाट समानता र सकतामुलक समाज निर्माण गर्ने गरि राजनीतिक आन्दोलन समाप्त गर्दै आर्थिक विकासको दिशामा राज्य केन्द्रीत रहने जन आकांक्षा रहेको थियो ।
प्रजातन्त्र र लोकतन्त्रको लागि लामो समयसम्म संघर्ष गरेको नेकपाको अध्यक्ष खड्क प्रसाद वलि प्रधानमन्त्री भएको समयमा लोकतन्त्रमाथी नियमित रुपमा आक्रमण हुदै छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको बहुमतको सरकार र अल्पमतको कदर हो । तर लोकतन्त्रको खिलापमा रहेर आफु नभए कोही हुनु नहुने निषेध र प्रतिशोधको राजनीति गर्ने र लोकतान्त्रिक मुल्य मान्यता अन्तर्गत शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तको प्रतिकुल गएर अदालत र संवैधानिक निकायहरु समेत कव्जा गर्ने गरी योग्य, दक्ष र प्रतिवद्ध व्यक्तिहरु हुदाहुदै आफु निकटका व्यक्तिहरु नियुक्ति गर्नेले लोकतन्त्रको मन्त्र जप्नु उचित होला र ?
हिजो लोकतन्त्र स्थापना गर्दा नागरिक अगुवाहरुको जतिको भूमिका हामीले स्वीकार गरेका थियौ । आज फेरी लोकतन्त्र संकटमा पर्यो भनी तिनै अगुवाहरु शान्तिपूर्ण प्रदर्शनमा आउदा पानीको फोहोरा सहित दमनमा उत्रने व्यवहार लोकतन्त्रको पक्षधरबाट हुन सम्भव छ र ? शासन सत्तामा रहदा जन अपेक्षा पुरा गर्न नसक्ने र आलोचना सहन नसक्ने असहिष्णु राजनीतिक नेतृत्व नै फेरी पनि लोकतन्त्र र प्रजातन्त्र प्रति प्रतिवद्ध रहेको भन्दै हात्तीको २ वटा दात भए जस्तै बोली र व्यवहारमा फरकपना ल्याउने नेतृत्वले लोकतन्त्रको कसरी संरक्षण गर्न सक्छ ?
आफ्ना संसदहरुलाइ समेत सहमतिमा ल्याउन नसक्ने र आफुले संसदमा बहुमत गुमाउने अवस्थामा संविधानमा नै नभएको तथाकथित विशेष अधिकारको झ्याली पिटेर साइवर सेनालाइ प्रयोग गर्दै अफवाह फैलाउने र लोकतन्त्रको मूल्यमान्यता अवलम्बन गर्न नसक्ने प्रधानमन्त्रीले कुन नौतिकतका आधारमा प्रजातन्त्र दिवश मनाउदै छन । विचरणीय प्रश्न रहेको छ । ओलिको ३ बर्षे शासन कालले लोकतन्त्रको भरपुर खिल्ली उडाउने काम गरेको छ । समयमा राजनीतिक दल, पत्रकार, नागरिक समाजले संयुक्त आन्दोलन गर्दै ओलीलाइ सत्ताच्युत नगर्ने हो भने अझ बढी तानाशाह हुन सक्छन । तसर्थ सबै लोकतन्त्र वादीहरु एकिकृत भइ अगाडी बढनु आजको आवश्यकता हो ।

0
Would love your thoughts, please comment.x
()
x