७ बैशाख २०७८, मंगलवार

चिनियाँ ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं, ६ फागुन । चिनियाँ ‘भेरो सेल’ खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको हो ।

औषधी व्यवस्था विभागले जानकारी दिए अनुसार बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादित भेरो सेल खोपलाई आपतकालिन अवस्थामा प्रयोगका लागि अनुमति दिइएको हो ।

यो खोपको अघिल्लो बर्ष युएईमा गरिएको तेस्रो चरणको परीक्षणमा ८६ प्रतिशत प्रभावकारिता रहेको त्यहाँको हेल्थ एजेन्सीलाई उद्धृत गर्दै बायो स्पेशले जनाएको छ ।

यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ ।

भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन भएको हो । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस