
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, ६ फागुन । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। हाल देशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ ।
देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै पहाडी भू–भागका केही स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस