२८ चैत्र २०७७, शनिबार

मंगलबार भन्दा बुधबार सेयर कारोबार घट्यो

काठमाडौं, ५ फागुन । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।

मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि मंगलबार बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ । यद्यपि, बुधबार भने बढ्ने समूहमा व्यापार पनि थपिएको छ । 

बुधबार ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस