९ बैशाख २०७८, बिहीबार

सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग

याङ्गुन, ५ फागुन । म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेत्री आङ साङ सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ ।

उनलाई मंगलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनलाई अवैधानिकरूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ।

तर उक्त अभियोग किन लगाइएको भन्ने स्पष्ट छैन । माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि अहिले म्यान्मारमा विरोधप्रदर्शन भइरहेको छ।

सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भएपनि प्रदर्शनकारीहरुले सुकीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने र भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बताउँदै आएका छन् ।

सेनाले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्ने गरेको छ ।
स्रोतः बिबिसी

प्रतिक्रिया दिनुहोस