२८ चैत्र २०७७, शनिबार

पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि

काठमाडौं, ५ फागुन । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । 

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको अहिले केहिबेरमा राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिइन्। महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी हुनेछन्। 

आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ। यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ। केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ।  निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन्। 

देश संघीयतामा गएसँगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस