७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, ५ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ११०० सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस