२८ चैत्र २०७७, शनिबार

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजदेखि सुरु

काठमाडौं, ५ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलनको पहिलो विरोध प्रदर्शन तथा सभा आजदेखि हुँदैछ ।

प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समितिले आज प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा गर्ने घोषणा गरेको छ ।

जिल्लाहरुमा विरोध प्रदर्शनका कार्यक्रमहरु तय भएका छन् । फागुन ५ गतेदेखि १२ गतेसम्म जिल्लाहरुमा विरोध प्रदर्शनका कार्यक्रम हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भइसकेपछि नेकपाको प्रचण्ड–नेपाल समूह चरणवद्ध आन्दोलनमा छ । देशव्यापी विरोध प्रदर्शन गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस