७ बैशाख २०७८, मंगलवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दैछ ।
फागुन ७ देखि १० सम्मका लागि आह्वान गरेको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न आज केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको जानकारी दिएका छन् ।

बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले बताएका छन ।

संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताएका छन ।

प्रतिक्रिया दिनुहोस