७ बैशाख २०७८, मंगलवार

भागरथी हत्याका अभियुक्त पक्राउ, आज सार्वजनिक गरिदै

धनगढी, ५ फागुन । बैतडीकी भागरथी भट्ट हत्यामा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ । स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको प्रहरीले पुष्टि गरेको छ ।

ती युवकले प्रहरीसमक्ष दिएको बयानमा भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको बताएका छन् ।

भागरथी हत्या प्रकरणमा संलग्नको पुष्टि भएकोले आज सार्वजनिक गर्ने तयारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोलिपल्ट साँझमात्र उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टमपछि बलात्कार र हत्या गरिएको पुष्टि भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लिएसँगै प्रहरीको ठूलो टोलीले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस