२८ चैत्र २०७७, शनिबार

महालक्ष्मीका अध्यक्ष मनोनयन

काठमाडैँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको मिति २०७७।११।०३ गते बसेको बैठकले संचालक श्री मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले श्री मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष श्री मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष श्री सुर्य प्रसाद सिलवालले  आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएके कम्पनले जारी गरेको विज्ञिप्तमा जनाएको हो ।

प्रतिक्रिया दिनुहोस