२८ चैत्र २०७७, शनिबार

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्धारा वसन्त श्रवण

काठमाडौं, ४ फागुन । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ ।

यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष १०ः१७ बजे हनुमानढोका स्थित नासल चोकमा आयोजना गरिएको थियो । वसन्त श्रवणको शुभ साइत पञ्चाङ्ग निर्णायक समितिले जुराउने गर्छ ।

वसन्त पञ्चमीलाई वैदिक कालमा नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको थियो । वसन्त र कामदेवलाई साथीसाथी मान्ने गर्छन् । त्यसैले पुराणमा उल्लेखित कामदेव र वसन्तको मित्रताको कथालाई श्रवण गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस