२८ चैत्र २०७७, शनिबार

शान्तिपूर्ण राजनीतिमै रहन्छु : प्रचण्ड

चितवन, ४ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रमै संसद पुनस्र्थापनाको फैसला आउने दावी गरेका छन् ।

चितवनमा प्रचण्डले अदालतमा चलिरहेको मुद्दाले देशलाई निकास दिने विश्वास गरेका छन । उनले संविधानसम्मत ढंगले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने उनको दावी छ ।

उनले असंवैधानिक कदमबाट चुनाव हुन नसक्ने पनि बताएका छन । उनले असंवैधानिक कदमबाट भएको चुनाव अवैधानिक हुने भएकाले त्यस्तो चुनावले समस्या समाधान नगर्ने बताएका छन ।

यही अवस्थामा चुनाव भए देश अराजकताको भूमरीमा पर्ने भन्दै उनले देशमा दक्षिणपन्थी र वामपन्थी अतिवादी फैलन थाल्ने र देश भूमरीमा पर्ने बताएका छन ।

उनले भने, ‘प्रचण्ड शान्तिपूर्ण राजनीतिमै रहन्छ तर संविधान मिच्ने काम गरियो भने नेपाली जनता चुप लागेर बस्दैनन् ।’

प्रतिक्रिया दिनुहोस