९ बैशाख २०७८, बिहीबार

संसद बिघटन प्रकरणः आजदेखि एमिकस क्युरीको बहस शुरु

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको मुद्धामा आजबाट एमिकस ब्युरीको बहस शुरु हुँदैछ । पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएकाले आजबाट एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुन लागेको हो । माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको धारणा सुन्ने तय भैसकेको छ ।

अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस