७ बैशाख २०७८, मंगलवार

सोमबार कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं, ३ फागुन । पछिल्लो २४ घण्टामा देशभर थप १२२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै‚ १४४ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकामा भने पछिल्लोपटक ७३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो विवरणअनुसार देशभर ५९ जना संक्रमितको आइसियुमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

प्रतिक्रिया दिनुहोस