२८ चैत्र २०७७, शनिबार

सेयर बजारमा उत्साह

काठमाडौं, ३ फागुन । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालो लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ । दिनभर २ करोड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ माथि कारोबार पुगेको छ ।

सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा पनि लघुवित्त वित्तीय संस्थाकै लगानीकर्ताहरु देखिएका छन् । सबै समूहका सबइन्डेक्सहरु बढेर हरियाली छाएका छन् । नेप्सेमा सूचीकृत २१५ कम्पनी मध्ये ६ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस