७ बैशाख २०७८, मंगलवार

कांग्रेस र प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव बहिष्कार

विराटनगर, ३ फागुन । नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समूहका नेकपाले प्रदेश १ सरकारको स्थापना दिवसको तेस्रो वार्षिकोत्सव बहिष्कार गरेका छन् ।

बिराटनगरमा भएको वार्षिकोत्सव कार्यक्रममा कांग्रेस र नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु उपस्थित भएका छैनन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम भएको छ ।

मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका सांसद र सरकारी कर्मचारीहरु भने कार्यक्रममा सहभागी छन् ।
कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारले तीन वर्षमा गरेका कार्य प्रगतिसमेत प्रस्तुत गरेका छन ।

प्रतिक्रिया दिनुहोस