२८ चैत्र २०७७, शनिबार

सुनको मुल्यमा गिरावट

काठमाडौं, ३ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस