
प्रधानमन्त्री ओलीले आज तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस