
आइतबार सेयर बजार राताम्मे
काठमाडौं, २ फागुन । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे भएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९्३१ प्रतिशतले ओरालो लागेकोको छ । केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।
प्रतिक्रिया दिनुहोस