
पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु
काठमाडौं, २ फागुन । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका हुन ।
आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बसेका छन् । पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उनले बढाएका छन । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको अनसनरत कोइरालाले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस