७ बैशाख २०७८, मंगलवार

आज भ्यालेन्टाइन्स डे, प्रेम दिवस

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । आजको दिनलाई विश्वभर भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसका रुपमा मनाइन्छ ।

पछिल्ला बर्षदेखि नेपालमा समेत प्रेम दिवसलाई पर्वकै रुपमा मनाउन थालिएको छ । खासगरी नेपालका शहरी क्षेत्रमा यो दिवस संस्कृतिकै रूपमा मनाउन थालिएको छ ।

प्रेम दिवसको दिन प्रेमि, प्रेमिकाले एक–अर्कालाई उपहार दिएर प्रेम अभिव्यक्त गर्ने अथवा प्रेमको प्रस्ताव राख्ने गर्छन् ।

युवापुस्ताले भ्यालेन्टाइन्स डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा पनि लिने गर्दछन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर आज शहरका अधिकांश लाउञ्ज तथा रेष्टुराँहरुमा विशेष कार्यक्रमहरु आयोजना गरिएका छन् ।

भ्यालेन्टाइन्स डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो ।

इटलीका सम्राट क्लाउडिअस द्वितीयले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोध र माया तथा विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा संसारभरि प्रेम दिवस मनाउन थालिएको हो ।

सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास भएपछि सम्राट क्लाउडियसले प्रेम र विवाहमा रोक लगाएका थिए ।

तर रोममा भ्यालेन्टाइन नाम गरेका एक पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

आफ्नै अभियानविरुद्धको गतिविधि सम्राटलाई सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएका थिए ।

झुण्ड्निुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन्स डेका रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस