२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २ फागुन । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ का केही भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

देशका पहाडी भू–भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस