७ बैशाख २०७८, मंगलवार

शनिबार कोरोना संक्रमण हुने भन्दा निको हुनको संख्या दोब्बर

काठमाडौं, १ फागुन । देशभर पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । यीमध्ये १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ सय ३३ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।

मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस