७ बैशाख २०७८, मंगलवार

पार्टीभित्रको दाउपेच, षड्यन्त्रका बाबजुद इतिहासमा नभएको काम भएको छ : विष्णु पौडेल

बुटवल, १ फागुन । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समाजवाद स्थापना गरेर छाड्ने बताएका छन् ।

बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले पार्टीभित्रको षड्यन्त्रका बावजुद इतिहासमा नभएको काम भएको बताएका छन ।

उनले भने, ‘पार्टीभित्रको दाउपेच, षड्यन्त्रका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा इतिहासमै नभएको काम भएको छ । अब ओली नेतृत्वमै समाजवादी स्थापना गरेरै छाड्छौं ।’

देशमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नुपर्ने स्थिति रहेको भन्दै उनले अबको निर्वाचनमा पनि ओली नेतृत्वको नेकपाले विगतमा पराजय भोगेको स्थानमा पनि विजयी हुने दावी गरेका छन ।

जनताको साथ र समर्थन कस्को पक्षमा छ भन्ने कुरा आजको जनसभाको उपस्थितिले पुष्टि गरेको भन्दै उनले प्रश्न गरे, ‘जनताको साथ र समर्थन जस्तो वैधानिकता के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस