९ बैशाख २०७८, बिहीबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, १ फागुन । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू–भागको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ ।

देशका अन्य पहाडी भू–भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस