७ बैशाख २०७८, मंगलवार

महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च

काठमाडौं, ३० माघ । देशका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको महिला मार्च रत्नपार्क हुँदै सिंहदरबारतर्फ पुगेको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखेका छन ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस